arrow

२४ घण्टामै ११ हजार बढीले खोले 'हाम्रो पे' को अकाउन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
hamro-pay.jpg

काठमाडौं। हाम्रो पात्रोले शुक्रबार शुरु गरेको डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक भएको २४ घण्टाभित्रै ११ हजार भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । 

हाम्रो पात्रो एप भित्रै रहेको हाम्रो पेमा २४ घण्टामै ११ हजार बढी प्रयोगकर्ताले साइन ईन गरेका हुन्। हाम्रो पात्रोले हाम्रो पे डिजिटल भुक्तानी सेवामा सोचेको भन्दा धेरै राम्रो प्रतिक्रिया आएको बताएको छ।

हाम्रो पात्रोका धेरै प्रयोगकर्ताले एकै पटक हाम्रो पेको अकाउन्ट बनाउन खोज्दा केवाईसी भेरिफिकेसनको चाप बढेको कम्पनीले जनाएको छ।  हाम्रो पेमा प्रयोगकर्ताले अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै अन्य थप फिचर समेत पाउँछन्।

यसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे) जस्ता फिचरसहित प्रयोगकर्ताको सहायताका लागि लाइभ च्याट र स्थानीयसहित छ ओटा भाषामा समेत रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ