arrow

भारतले अष्ट्रेलियालाई बनायो निरीह, चार खेलको श्रृंखलामा २–० ले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
pujara-bharat.jpg

काठमाडौं । अष्ट्रेलिया विरुद्धको टेष्ट क्रिकेट श्रृंखलामा भारत हावी देखिएको छ । भारतले चार खेलको श्रृंखलामा २–० को जित हासिल गरेको छ । 

दिल्लीमा भएको दोस्रो टेष्ट भारतले मात्र ११५ रनको चुनौती सजिलै ४ विकेट गुमाएर पूरा गर्दै तेस्रो दिनमै जित हासिल गर्यो । भारतका  लागि सयौं टेष्ट खेलेका चेतेश्वर पुजाराले अविजित रहँदै ३१ रन बनाए । शिकर भारतले २२ बलमा अविजित रहँदै २३ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३१ रन बनाए । 

आज तेस्रो दिनको बिहानकै सेसनमा लगातार ९ विकेट गुमाएर अष्ट्रेलिया ११३ रनमै अलआउट भयो । यसअघि पहिलो इनिङ्समा अष्ट्रेलियाले २६३ रन बनाएकामा भारतले २६२ रन बनाएको थियो । 

तर तेस्रो दिनको शुरुआतदेखि नै विकेट गुमाएको अष्ट्रेलियाले ३१.१ ओभर खेलेर अलआउट भयो । ट्राभिस हेडले ४३ तथा मार्नस लाबुस्चांगेले ३५ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । 

रविन्द्र जडेजाले ४२ रन खर्चेर ७ विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विनले ३ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा जडेजा र आश्विनले ३–३ विकेट लिँदा मोहम्मद शामीले ४ विकेट लिएका थिए । जडेजा प्लेयर अफ द म्याच भएका छन् । उनले २६ रनसमेत बनाएका थिए । 

चार खेलको श्रृंखलामा भारतले पहिलो टेष्ट एक इनिङ्स र १३२ रनले जितेको थियो । दोस्रो खेल जितेसँगै भारत आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको लगभग फाइनलमा पुगेको छ । अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ