arrow

नाक प्रहरी चौकी अगाडि बसको ब्रेक फेल, चालकसहित ४२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
accident-final-1618290232.jpg

कास्की । पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ