arrow

चोरी प्रयास गर्ने राजीव र रोशन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
pakrau9.jpg

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुईजना पक्राउ परेका छन् । 

पोखरा-९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा-३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा-७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले जानकारी दिए ।
 
घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

शुक्रबार राति १ः३० बजेको समयमा कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । प्रहरीले घटनाबारे थाहा हुनासाथ अनुसन्धान थालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ