arrow

पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्र बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
Bagram us army afganistn.png

काबुल । अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ ।

सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेअनुसार उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारको अध्यक्षतामा बसेको आर्थिक आयोगको बैठकमा उक्त निर्णय गरिएको हो ।  बख्तरले आफ्नो प्रतिवेदनमा सोबारे उल्लेख गर्दै पाइलट प्रोजेक्ट काबुल र बल्खबाट सुरु भई देशका अन्य भागमा विस्तार हुने बताएको छ ।

आर्थिक क्षेत्रमा परिणत भइसकेका सैन्य अखडाहरू क्रमशः उद्योग वाणिज्य मन्त्रालयलाई हस्तान्तरण गरिने पनि बख्तरले जानकारी दिएको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले सन् २०२१ अगस्टमा अफगानिस्तानबाट सेना फिर्ता गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ