arrow

बार्साको अग्रता रियालको भन्दा आठ अंकले बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
barcelona-2023-02-20.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा गएरातिको खेलमा जित हासिल गर्दै बार्सिलोनाले शीर्ष स्थानको अग्रतालाई थप बलियो बनाएको छ । बार्सिलोनाले काडिजलाई २–० ले हरायो । 

घरेलु मैदानमा खेलेको बार्सालाई जित दिलाउन मध्यान्तरअघि नै सर्गि रोबर्टो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । 

अंक समीकरण
यो खेलपछि २२ औं चरणको खेल पनि सकिएको छ । बार्सा ५९ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ । बार्सा दोस्रो स्थानको रियाल मड्रिडको भन्दा आठ अंकले अगाडि छ । 

रियाल मड्रिडको ५१, तेस्रो स्थानको रियाल सोसिडाडको ४३, चौथो एथलेटिको मड्रिडको ४१, रियाल बेटिसको ३७ तथा रायो भाएकानोको ३४ अंक छ । 

भ्यालेन्सिया, गेटाफे र इल्चे रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ