arrow

प्रचण्ड र ओलीले व्यक्त गरे दुःख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
mathuram-shrestha.jpg

काठमाडौं । वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले टवीट् मार्फत अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष ओलीले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् ।

लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ