arrow

के टर्किएको भूकम्पले एर्दोगानको भविष्य गुम्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
Recep-Tayyip-Erdoğan-turkiye.jpg

काठमाडौं। दक्षिण पूर्वी टर्किएमा गएको विनाशकारी भूकम्पपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानको प्रतिष्ठा बचाउनको लागि एक ठूलो कभर अप अपरेशन तीव्र गतिमा सञ्चालनमा छ । 

लामो समयदेखि एर्दोगनको शासनको विशेषता उत्पादन भन्दा निर्माण हो। तर जोर्डन उपत्यकामा अवस्थित वेस्ट बैङ्कको प्यालेस्टिनी शहर जेरिकोमा जस्तै पर्खालहरू ढल्किएका छन् । 

'फ्रिफल'मा रहेको अर्थतन्त्र र यस वर्षको अन्त्यमा आम चुनाव हुँदा एर्दोगानको भविष्य अब संयुक्त राज्य अमेरिकाको हातमा हुनसक्ने देखिएको छ।

कमजोर अर्थव्यवस्था

जहाँसम्म सन् २०१४ को मार्चमा आर्थिक विश्लेषक जेसी कोलम्बोले फोर्ब्समा विदेशी 'हट मनी' प्रवाह र अति कम ब्याज दरको संयोजनले टर्किएको 'बबल' अर्थतन्त्र घट्ने चेतावनी दिएका थिए ।

टर्किएमा सरकारद्वारा सञ्चालित पूर्वाधारको बूमले नयाँ सडक, पुल, तीव्र गतिको रेल, एयरपोर्ट, अस्पताल र विद्यालय मात्र नभइ आवासीय भवन, गगनचुम्बी भवन, मल र होटेलहरूसम्म प्रभाव पार्याे ।

टर्किएको मुद्रा लिरालाई कतार, चीन, दक्षिण कोरिया र एमिरेट्स जस्ता देशहरूसँगको स्वाप सम्झौताहरू र 'ब्याकडोर हस्तक्षेप'बाट मात्रै पतन हुनबाट जोगाइएको छ। यहीँ समयमा टर्किएको बढ्दो चालु खाता घाटालाई गल्ती र भुलको रूपमा दर्ता गरिएको अनुत्तरित पूँजी प्रवाहले घटाएको छ।

स्थिति फेरियो

भूकम्पको दुई दिनपछि 'बेन्चमार्क सूचकाङ्क फ्रिफल'मा गएपछि इस्तानबुल स्टक बजार बन्द भएको थियो। अहिले घाटा पूर्ति गर्न पुनः खोलिएको छ । सरकारले निजी पेन्सन कोषलाई पनि टर्किएको स्टकको होल्डिङ १० बाट ३० प्रतिशतसम्म बढाउन निर्देशन दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा एर्दोगान पहिले नै रक्षात्मक थिए । उनले सरकारको प्रतिक्रियामा ‘कमजोरी’ भएको स्वीकार गर्दै उनले ‘राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउनेलाई म पेट लगाउन सक्दिनँ’ भन्दै आलोचनाको पूर्व तयारी गरेका थिए ।

भूकम्पीय क्षेत्रमा भत्किएका भवनहरूको ढाँचाले अन्तर्निहित अस्थिरता प्रकट गर्दछ। यो विषय प्रमाणबाटै समर्थित छ कि सन् २०१४ को एर्दोगानलाई राष्ट्रपति चुनेको आम चुनाव भन्दा पहिले भूकम्प प्रभावित प्रान्तहरूमा लगभग २ लाख ९५ हजार भवनहरूलाई निर्माण नियमहरूको पालना गर्नबाट छुट दिइएको थियो। समग्रमा देशभर ३१ लाख भवनहरूलाई निर्माण नियमहरूको माफी दिइएको थियो।

इस्तानबुलका मेयर एकरेम इमामोग्लुले राज्यले मेगासिटीमा ३ लाख १७ हजार भवनहरूलाई नियमहरूमा माफी वा छुट दिएको भन्दै ९० हजार भवनहरू भूकम्पको घटनामा भत्किने जोखिममा रहेको बताएका छन् ।

यो सम्भावनासमेत बढी छ किनकि इस्तानबुल 'उत्तर एनाटोलियन फल्ट' जोनमा रहेको छ। हालै भूकम्प गएको क्षेत्र यसको ठिक विपरीतमा रहेको 'पूर्वी एनाटोलियन फल्ट' जोन हो।

भूकम्पको क्षति अपरिहार्य छैन । न त यो विनाशकारी हुनुपर्दछ। भूकम्प प्रभावित क्षेत्रका चार अस्पताल निर्माणका क्रममा सिस्मिक आइसोलेसन यन्त्र प्रयोग भएकाले क्षतिबाट जोगिएका छन् । यी यन्त्रहरू हरेकको ४ हजार अमेरिकी डलर पर्छ। यस्तै यन्त्रहरू अन्य भवनहरूमा जडान गरिएको भए स्थिति फरक हुन सक्थ्यो।

जिम्मेवार को ?

भूकम्पपछिको अवस्थामा प्रमुख दुई प्रश्नहरू सोधिएका छन् । पहिलो, हालको विनाशलाई रोक्न सन् १९९९ को पछिल्लो ठुलो भूकम्पपछि जम्मा गरिएको ८८ अर्ब लिरा (४.६ अर्ब डलर) आधिकारिक रूपमा अनुमान गरिएको भूकम्प कर के भयो र कहाँ गयो ? एर्दोगान यस मामिलामा अछुतो साबित भएका छन् । र दोस्रो भवन निर्माण संहिता पालना गर्न असफलताको जिम्मेवारी कसले लिन्छ ?

यस्तोमा अहिले भूकम्प प्रभावित क्षेत्र कहरामनमारसमा सन् २०१९ मा घर निमार्ण सम्बन्धी नियमहरूमा माफी दिएको प्रशंसा गरेको एर्दोगानको भिडियो भाइरल भएको छ। तथापि दोष सार्न खोज्ने प्रयासमा भूकम्प अपराध अनुसन्धान ब्यूरो स्थापना गरिएको छ । जसले हालसम्म १३४ सन्दिग्ध मुख्यतया ठेकेदारहरूलाई कानूनी कारबाही गरेको छ ।

एर्दोगानले भत्किएका भवनहरूमध्ये ९८ प्रतिशत सन् १९९९ भन्दा अघि निर्माण गरिएको दाबी गरेका छन् । अर्थात् अघिल्लो विनाशकारी भूकम्प अघि र त्यसैले अघिल्लो सरकार यसका लागि जिम्मेवार देखाइएको छ।

यद्यपि तथ्याङ्क भत्किएकामध्ये कम्तीमा आधा भवनहरू सन् २००१ पछि बनेका थिए । थप रूपमा एक भिडियोले भूकम्पको केन्द्र नजिकका भवनहरू २००४ मा अर्थात् एकेपी सरकार सत्तामा आएको दुई वर्षपछि बनाइएको देखाएको छ ।

अमेरिका भूमिका ?

दुई शहरी खोजकर्ता र उद्धार टोली एवं एक विपद् सहायता प्रतिक्रिया टोली पठाउनुका साथै संयुक्त राज्यले विमानवाहक जहाज यूएसएस जर्ज एचडब्ल्यू बुसलाई थप सहयोगको आवश्यकता परेमा टर्किएतर्फ जान निर्देशन दिएको छ। 

राष्ट्रवादी सर्कलमा यो नकारात्मक प्रतिक्रियासहित हेरिएको छ । जुन टर्किएका विदेश मन्त्री मेभलुट काभुसोग्लुले प्रतिध्वनित गरेका छन् ।

आइतबार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले टर्किएको भ्रमण गरेका छन् र आफ्ना टर्किए समकक्षसँग भूकम्पग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

उनले भूकम्प ग्रस्त टर्किएमा अहिले उद्धार कार्यमा मात्रै भएर दीर्घकालीन पुनर्निर्माणको लागि अमेरिकाले सहायता गर्ने घोषणा गरिसकेका छन् । उनले टर्किएलाई १० करोड अमेरिकी डलरको सहायता घोषणा गरिसकेका छन् ।

अहिले अमेरिकी भूमिका मानवीय सहायता मात्रै नभएर एर्दोगानको शासनको अस्तित्वसम्म प्रभावकारी हुनसक्ने आँकलन गरिएको छ। उसो त फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यको प्रस्तावलाई अवरोध गर्ने विषयमा पनि अमेरिकाले टर्किएलाई मनाउन पर्ने स्थिति छ।

यस्तोमा भूकम्पपछिको स्थिति, नेटोमा स्वीडेनको सदस्य अवरोध गर्ने या नगर्ने भन्ने विषय र आफ्नो भविष्यलाई अमेरिकी सहकार्य वा नेतृत्वमै एर्दोगानले लय दिनुपर्ने हुनसक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ