arrow

आधादर्जन जुवाडे रंगेहात पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
crime-final-everytime-use.jpg

काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ