- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । जिल्ला बुद्धिचाल संघ कास्कीको अध्यक्षमा अनिलबहादुर कोइराला निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा विनोद नाल्मी, सचिवमा प्रेमबहादुर विश्वकर्मा, कोषाध्यक्षमा नरेन्द्र रानाभाट निर्वाचित भएका छन् । सदस्यमा चन्द्रप्रसाद देवकोटा, पूजा भण्डारी र किरणकुमार रञ्जित निर्वाचित भएका छन् ।
यसैगरि युवराज भण्डारी, पूजा भण्डारी र शुक्रकुमार प्रधान संघको प्रदेश प्रतिनिधि र रामबहादुर क्षत्री केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् ।
नेपाल बुद्धिचाला महासंघ केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष हिराकाजी महर्जनको संयोजकत्वमा भूतपूर्व महासंघ केन्द्रीय सदस्य प्राचार्य बाबुराम पन्त, र गण्डकी प्रदेश तदर्थ समिति सदस्य महेश्वर अधिकारीसहितको ३ सदस्यीय निर्वाचन समितिले जिल्ला समिति, प्रदेश प्रतिनिधि र केन्द्रीय महासंघ प्रतिनिधि चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्षकातर्फबाट मन्तव्य राख्दै कोइरालाले आफूलाई अध्यक्ष निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गर्दै संघको गरिमा र महिमालाई उचो बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।