arrow

कार्य व्यवस्था परामर्श समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । सोमबारको प्रदेश सभा बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन भएको हो ।

कार्य व्यवस्था सदस्यमा नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली र सुधिरकुमार पौडेल, नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा र फणिन्द्र देवकोटा, राप्रपाबाट विन्दु अधिकारी पहाडी रहेका छन् । 

यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने सदस्य बनेका छन् । 

सभामुख कृष्णप्रसाद धितालले सोमबारको प्रदेश सभा बैठकमा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेकामा बैठकले समर्थन जनाएको हो ।

प्रदेश सभा नियमावली, २०७४ को नियम १३ मा सभामुख समितिको अध्यक्ष, उपसभामुख उपाध्यक्ष र प्रदेश सरकारको कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । 

पदेनसहित १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति बनेको छ । नियमावलीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा ११ जनासम्म सदस्य रहेको परामर्श समिति गठनको व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ