arrow

जसपाको केन्द्रीय समितिमा को-को थपिए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सुरेन्द्र कर्मीलाई राजनीतिक समितिमा, ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई केन्द्रीय समितिमा तथा दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासङ्घ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् । मूल व्यवस्थापन समितिले आवश्यकताअनुसार उपसमिति बनाउन सक्ने बताइएको छ । जसपाले विधान अधिवेशन आगमी चैत २७, २८ र २९ गते काठमाडौँमा गर्ने आइतबार निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ