arrow

प्रचण्डसँग महावीरको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
prachanda-mahabir.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भेटघाट गरेका छन् । आज बालुवाटारस्थित निवासमा पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्।

“वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाई नेपालको विकास हुँदैन” उनले भने, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दै ।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ