arrow

अग्निपुत्र रुपक बने प्रचण्डको परराष्ट्र मामिला सल्लाहकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
rupak-sapkota-agniputra.jpg

काठमाडौं । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा डा. रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन् । चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप(कार्यकारी निर्देशक थिए । सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । 

साथै त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् ।

सन् २०१८ मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए । उनी चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

मंगलबार सार्वजनिक बिदा परेकाले सम्भवतः सापकोटाले बुधबार कार्यभार सम्हाल्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ