- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्वत । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा आज राजनीति र नेताप्रति वितृष्णा आएको बताएका छन् ।
पर्वतको राधाचन्द्र स्मृति प्रतिष्ठानको १५ औं स्मृति दिवसमा सभापति शर्माले राजनीति र सामाजिक सेवा गर्ने व्यक्तिले क्षणिक पद मात्रै नभइ संधैभरि सम्मान पाउने गरी काम गर्न आग्रह गरे ।
उनले राधाचन्द्रले आफ्नो जीवनकालमा प्रजातन्त्रलाई संस्थागत गर्दै समाजमा खेलेको भूमिका निकै स्मरणयोग्य भएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी, निवर्तमान संघीय सांसद लालकाजी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, राप्रपा नेता ईच्छाबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला, प्रदेश सदस्य सीता काफ्ले लामिछाने, नेपाली कांग्रेस पर्वतका उपसभापति डा.चुडामणि शर्मा, निवर्तमान सचिव विश्वप्रकाश प्रसाईं, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु खगेन्द्र प्रसाद तिवारी, बसन्त बहादुर सिके, कांग्रेस पर्वतका बरिष्ठ नेता राम शर्मा पौडेल, राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, वडाध्यक्ष तेजप्रसाद पाध्या, प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ लगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षता कार्यक्रम भएको थियो ।
कार्यक्रमका अवसरमा कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमास्थित काफलचौर माध्यमिक विद्यालयमा पाँच लाख १११ रुपैयाँ र सूर्य प्रकाश माध्यमिक विद्यालयमा दुई लाख १०० रुपैयाँको अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको थियो । यस्तै जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।