arrow

पन्ध्र जुवाडे झापाका होटल र चिया पसलबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
crime-final-everytime-use.jpg

झापा । दमक नगरपालिका ५ गुम्बा चोकस्थित  सोही नगरपालिका २ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, दमक नगरपालिका ५ स्थित सुदेश बस्नेतको चिया पसलमा तास खेलिरहेको अवस्थामा सुदेश बस्नेतसमेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको   हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ