arrow

बैंकका एटीएम मेशिन फोर्ने सुशिल र अर्जुन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न बैंकका एटीएम मेशिन फोर्ने दुई जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका वडा नं. ७ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने वर्ष २१ का सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ घर भइ हाल पोखरा-१७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन् ।

कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उनीहरुले रामबजारस्थित एनआइसी बैंक, सांग्रिला विकास बैंक, वन क्याम्पस नजिकै रहेको नेपाल बैंकको एटीएम मेशिन फोड्ने प्रयास, सीसी क्यामेरा फुटाउने, छोप्ने कार्य गरेका थिए । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ