arrow

लागुऔषधसहित २३ वर्षे युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
amit.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ परेको छ । 

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.८ सिगाना घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने वर्ष २३ का अमित खड्का रहेका छन् । 

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले मंगलबार पोखरा ३० पावरहाउसबाट ड्कालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । 

उनको साथबाट लागूऔषध डाइजापाम ३३ एम्पुल, फेनेरागन ३३ एम्पुल र नुर्फिन ३३ एम्पुल गरी जम्मा ९९ एम्पुल लागुऔषध बरामद भएको प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

उनलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ