arrow

राष्ट्रपति निर्वाचन : बालुवाटारमा प्रचण्डलाई भेटे देउवाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
deuba-prachanda-final-433.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको सरगर्मीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भेट्नुुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर बुधबारै प्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

कांग्रेस सभापति देउवाले बुधबारै लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ