arrow

कांग्रेस राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने तरखरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
congress-karyasampadan-baithak-2079-02-28.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट शुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार राति भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । 

तर नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ