arrow

हिमानीको ४० औं जन्मोत्सव, पारस ‘हेप्पी बर्थडे’ भन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असोज ९ आइतबार
himani-shah-nepal.jpeg
काठमाडौं। ०६५ सालदेखि पूर्व राजपरिवारले खुसी हराएको छ। खुलेर बाहिर नआए पनि समयसमयमा पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी बुहारी पूर्व युवराजी हिमानी शाह समय समयमा बाहिर आउने गरेका छन् । ज्ञानेन्द्र धर्मकर्मको बहानामा निस्कने गरे पनि हिमानी भने सामाजिक क्षेत्रमा कार्य गर्ने भनी खोलिएको ‘हिमानी ट्रष्ट’ मार्फत बाहिर आउने गर्छिन्। 
 
यसपटक भने पूर्व राजपरिवार बढी नै खुसी भएजस्तो देखिएको छ। अर्थात् हिमानीको ४० औं जन्मोत्सव अलि विशेष भब्य हुने भएको छ। पछिल्ला केही वर्षदेखि निर्मल निवासमा थन्किएर औपचारिक रुपलेमात्र जन्मोत्सव मनाउँदै आएकी हिमानीले यसपटक सोल्टी होटलमै झण्डै छ सय पाहुनाबीच जन्मोत्सव मनाउन थाल्नुले कुनै विशेष खुसी नै छाएको अनुमान गर्न सकिन्छ।
 
केही वर्षअघि आफ्ना भाञ्जाभाञ्जीसहितको शाही परिवारमात्र सरिक हुने गरेकामा यसपटक भने शाही नातेदारहरुको जमघट हुने स्रोतले बताएको छ। शाही नातेदार भनिए पनि लगभग ६०० को जमघट हुने भनिँदा राजाबादीहरु पनि आमन्त्रित भएको अनुमान गरिएको छ। 
 
स्रोतका अनुसार कुनै कार्ड छापेर पाहुनालाई आमन्त्रित नगरिए पनि फोनमार्फत नै निम्तो दिइएको छ। तर केही राजावादीहरुले भने आफूलाई निम्तो नदिइएको भन्दै रिसाएका छन्। ‘परेका बेलामा ज्यान दिने हामी नै हो तर ठूला होटलमा हामीलाई पाखा ?’ भन्दै एक राजावादी रिसाए।
 
शुक्रबार असोज १४ गते सोल्टीको मेघामहलमा हुने जन्मोत्सवमा हिमानी पति पूर्व युवराज पारस शाह पनि जाने धेरैको अनुमान छ। ज्योतिषका अनुसार पति पारसलाई नभेटेकी हिमानीले यसपटक राम्रैसंग स्वागत गर्ने बतााइएको छ। केही महिनाअघि पारस बिरामी परी नर्भिक अस्पताल भर्ना हुँदा हिमानीले नै रेखदेख गरेकी थिइन्। तर संगसंगै भने बस्ने गरेका छैनन्।  
 
अहिले सोल्टीको मेघामहलको मर्मत भइरहँदा पक्कै पनि जन्मोत्सव भब्य हुने अनुमान गरिएको छ। जतिसुकै भब्यपूर्वक मदिरायुक्त जन्मोत्सव मनाउन थालिए पनि चाँसो भने उनै पारस–हिमानीकै हुनेछ । पारस पुगेर कसरी ‘हेप्पी बर्थडे टु यु’ भन्लान् भन्ने नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ