arrow

लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउपालिका वडा नं. ६ का बर्ष ३१ का सुरज नेपाली र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० का बर्ष २२ का प्रज्वल राई (कुमाल) रहेका छन् ।

उनीहरु बुधबार दिउसो पोखराको बरेबरबाट पक्राउ परेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

प्रहरीले तनहुँका कुमालको साथबाट नुफिन/डाईजापाम/फेनारगन ५/५ एम्पुल, नेपालीको साथबाट डाइजापाम ६ फेनारगन ६ नुफिन ४ एम्पुल बरामद भएको उनले बताए । 

साथै उनीहरु बसेको कोठा खानतलासी गर्दा झोला भित्र नुफिन ४८ एम्पुल, डाईजापाम ४५ एम्पुल, फेनारगन ४८ एम्पुल नाईट्राभ्याट २१ ट्याबलेट, नगद एक लाख २६ हजार ५०० रुपैयाँ र मोवाइल २ थान पनि बरामद भएको छ ।

पक्राउ परेको दुवैलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ