- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति निर्वाचनकाबीच नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ।
भोलि शनिबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् । बैठकले राष्ट्रपतिको उम्मेदवार बारे निर्णय गर्ने बताइएको छ ।
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।