arrow

राष्ट्रपतिका लागि एमालेले बोलायो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
uml-sachibalaya-2079-03-19.jpg

काठमाडौं ।  नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा एमालेले बैठक बोलाएको हो । सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

एमाले सत्ता साझेदार दलबीच भएको सहमतिको आधारमा राष्ट्रपति आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार नै माधव नेपालसँग गोप्य वार्ता गरेर माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने बताएका थिए ।   

एमालेले नेपालसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पनि अघि सार्न सक्ने आकलन गरिएको । अहिले बालुवाटारमा बसेको चार दलको बैठकपछि एमाले सचिवालय ले भोलि  ठोस कदम चाल्नेछ ।

त्यस्तै नेपाली कांग्रेसले पनि कार्यसम्पादन समितिको बैठक भोलि बोलाएर राष्ट्रपति नाम टुङ्गो लगाउँदै छ । 



नयाँ