arrow

राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्न बस्दै एमाले बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
uml-cpn.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा भावी राष्ट्रपतिको उम्मेदवार तय गर्नका लागि वा अन्य दलसँग सहमति भए त्यसलाई अनुमोदन गर्नका लागि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो । राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्ने एमालेका नेताहरुको दाबी छ । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार शनिबार विहान पार्टीको सचिवालय बैठक बोलाइएको छ । ‘बैठक बोलाएको छ  बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन,’ उपाध्यक्ष नेम्वाङले भने । 

नेकपा एमालेले सरकार गठनका बेला पुस १० मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेले तय गर्ने दाबी गर्दै आएको भए पनि परिस्थिति भने पुरै बद्लिएको छ । 

राष्ट्रपति निर्वाचनबारे आज नै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधामन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डबीच निर्णायक कुराकानी हुने बताइएको छ । बिहीबार साँझ माओवादी केन्द्र, जसपा र नेकपा एसको संयुक्त बैठकले माधव नेपाललाई राष्ट्रपतिका लागि अघि सारिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ