arrow

भविष्य कोर्दै एमाले, सचिवालय बैठक जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
uml-sachibalaya-2079-11-13.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रिय कार्यालय, च्यासलमा जारी भएको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएपछि बसेको एमाले सचिवालय बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय लिने बुझिएको छ।

एमाले सहभागी भएकै कारण सरकारमा गएको राप्रपा भने सरकारबाट बाहिरिइसकेको छ भने सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । 

एमालेले राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने निर्णयसमेत गर्नेछ । 

अबको भविष्य कस्तो हुने भन्नेबारे पनि तय हुनेछ । एमालेले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ प्रदेशमा समेत पनि समीकरण बदलिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ