- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।
केही हप्ताअघि पार्टीको नीति र उद्धेश्य विपरीत झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन शुरुआत घोषणा गरेको दुई सातापछि प्रसाईलाई बर्खास्त भएका हुन् ।
राजतन्त्र र हिन्दू राज्यको वकालत गर्दै देशब्यापी अभियान शुरू गरेपछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसाईलाई बर्खास्त गरिएको हो ।