arrow

हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
cold-weather.jpg

 काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना रहेको छ । अबको केही दिन प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशकमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसमविद् लामिछानेले उल्लेख गरे । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ