arrow

काठमाडौंमा वर्षासँगै अँध्यारो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
cloud-black-weather-monsoon.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौंमा लामो समयपछि वर्षा भएको छ । केही दिनदेखि मुलुकका विभिन्न भागमा वर्षा भए पनि उपत्यकामा वर्षा हुन सकेको थिएन । दिउँसो फाटफुट वर्षा भए पनि ठूलो वर्षा हुन सकेको छैन । 

लामो समयदेखि वर्षा हुन नसक्दा उपत्यकाको वातावरण प्रदूषित भएको थियो ।

उपत्यकामा दिउँसै अँध्यारो भएको छ । वर्षाभन्दा बढी मेघगर्जन भइरहेको छ । त्यसैगरी बिजुली चम्किएको छ । 

प्रदेश नम्बर एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।            

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागको आइतबारको पूवार्नुमान थियो।

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङको सम्भावना समेत रहेको जनाएको छ।

 यस्तै भोलि सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।

मंगलबार भने सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध गरेको छ।

अब प्रिमनसुनकाे समय शुरू हुन लागेकाे छ। जल तथा मौसम विज्ञान विभागका अनुसार खासगरी मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने गर्छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ