arrow

युक्रेन युद्धमा नेटोको संलग्नताबारे बोल्यो जर्मनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
olaf-scolz-germany-ukraine-us-russia.jpg

काठमाडौं। युक्रेनका लागि सम्भावित नेटोको सुरक्षा ग्यारेन्टीबारे लामो समयदेखि छलफल नभएको जर्मन सरकारका प्रवक्ताले बताएका छन् । वाल स्ट्रिट जर्नलले हालै नेटोका केही ठूला युरोपेली सदस्यहरूले युक्रेनसँग रक्षा सम्झौता गरिरहेको भन्ने रिपोर्ट प्रकाशित गरेपछि जर्मनीले यस्तो प्रतिक्रिया दिएको हो।

'जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको युक्रेनी नेता जेलेन्स्कीसँगको हालैको बैठकमा यो मुद्दाले कुनै भूमिका खेलेन,' प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् ।

यसबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक अन्तर्वार्तामा पहिले झैं फेरि युक्रेन युद्ध रुसी अस्तित्वको मुद्दासमेत भएको भनेका छन् ।

उनले पश्चिम र नेटो गठबन्धनले रुसलाई टुक्राटुक्रा पार्न खोजेको आरोप लगाएका छन् । पुटिनले सोभियत संघको समयदेखि र अहिले पश्चिमको एउटै उद्देश्य भनेको रुसी महासंघलाई विखण्डन गर्नु भएको भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ