arrow

देशमा पश्चिमी वायुको प्रभाव, वर्षासँगै चट्याङ र हिमपातको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ।

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 बुधबार प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन  विभागले अनुरोध गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ