arrow

अक्षरमार्गले गर्‍यो पाँच साहित्यकारलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
saman-sahitya-kavre.jpg

काभ्रे । अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ । अक्षरमार्गले प्राडा विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई  कमानसिंह तुलसा सिर्जना अक्षरमार्ग सिर्जना सम्मान, सीता विष्टलाई विष्णुसुन्दर अक्षरमार्ग काव्य सम्मान र वसन्त नकर्मीलाई दुर्गाजगत अक्षरमार्ग काव्य सम्मान प्रदान गरेको हो । 

पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि तथा पनौती नगरपालिकाका नगरप्रमुख भण्डारीले स्रष्टाहरूलाई सम्मान गरेका थिए । यस्तै कार्यक्रममा पनौती साहित्य समाजकी सुभद्रा दहालको लेखसंग्रह ‘मनको आँखा’ र र मीरा चापागाई पौड्यालको कथासंग्रह ‘देखेको कथा’ पुस्तकको पनौतीका नगरप्रमुख भण्डारीले लोर्कापण गरेका थिए।

पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर क्याम्पसको संयोजनमा भएको कार्यक्रममा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजूको अध्यक्षता तथा साहित्यकार तारा केसीको संचालन रहेको थियो।

कार्यक्रममा उर्मिला पन्त, हरिसुन्दर छुका, हरिप्रसाद चौलागाई, संगीता ठाकुर, सरस्वती चिमोरिया, दिलकुमारी डंगोल, ध्रुवकृष्ण ताम्राकार,विकुनारायाण ताम्राकार, शारदा घिमिरे भैलले कविता, गीत, गजल मुक्तक जस्ता आ–आफ्ना रचना वाचन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ