arrow

दुई सय अर्ब डलर गुमाएका मस्क फेरि बने विश्वकै धनाढ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
elon-musk-starlink.jfif

काठमाडाौं। यस वर्ष सन् २०२३ मा टेस्ला इंकको शेयर बढेपछि एलन मस्कले फेरि विश्वकै सबैभन्दा धनी व्यक्तिको बनेका छन्। 

सोमबार बजार बन्द हुँदाको तथ्यांकमा आधारित ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति लगभग १८७.१ अर्ब अमेरिकी डलर पुगेको छ।

मस्कले एक करोड १६ लाख सेयर बेचेर दान गरेको खुलासा गरेको केही समयपछि उनले फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्टलाई उछिनेर फेरि पहिलो स्थान कायम गरेका हुन्।

मस्कले बेचेको सो सेयर करिब २.४ अर्ब रुपैयाँ बराबरका थिए। सन् २०२३ मा टेस्लाका विद्युतीय सवारीसाधनको बढ्दो मागको सङ्केतका बीच मस्कले अर्नाल्टसँगको अन्तरलाई १० अर्ब डलर भन्दा कम बनाएपछि यो खुलासा भएको थियो।

टेस्लाका सीईओ र यसअघि सबैभन्दा ठूलो व्यक्तिगत सेयरहोल्डर रहेका मस्कले सन् २०२१ मा कम्पनीमा करिब ६ अर्ब डलरको शेयर दान गरेका थिए। जुन इतिहासकै सबैभन्दा ठूलो दानमध्ये एक थियो।

गत वर्ष नोभेम्बर २०२१ मा ३४० अर्ब अमेरिकी डलर पुगेको सम्पत्तिबाट सन् २०२२ को डिसेम्बरमा इतिहासमै पहिलो पटक २०० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाउने व्यक्ति बन्दै १ सय ३७ अर्ब अमेरिकी डलरमा झरेका थिए। तर, अहिले फेरि उनको सम्पत्ति बढेर १८७ अर्ब अमेरिकी डलर पुगेर पहिलो स्थान कायम गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ