arrow

इस्लामिक स्टेट्सका कमाण्डर मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
taleban-afgan.JPG

अफगानिस्तान । अफगानिस्तानको राजधानीमा कूटनीतिकनियोगहरू विरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्स कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् ।

अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ ।

तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतवार राति गरेको एक कारबाहीको क्रममा मारिएका तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्तिमा भनेका छन् ।

फतेहले “काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए’, मुजाहिदले विज्ञप्तिमा थप जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका छन् । उक्त छिमेकका बासिन्दाहरूले आइतबार राति ठूलो आवाजमा गोली चलेको जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ