arrow

नेटोकाे सदस्य बन्ने बाटोमा फिनल्याण्ड, टर्कीएले स्वीडेनको ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
nato-turkey.jpg

काठमाडौं। फिनल्याण्डको संसद्ले नेटोमा सामेल हुने प्रस्तावमाथि छलफल थालेसँगै यो नेटो सदस्य बन्ने मार्गतर्फ अघि बढेको छ।

फिनल्याण्डका सांसदहरूले मंगलबारदेखि यस सम्बन्धमा एउटा विधेयकमाथि छलफल थालेका छन्।

यस्तोमा नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले प्रधानमन्त्री सान्ना मारिन र राष्ट्रपति साउली निनिस्टोसँग भेट गर्ने भएका छन्।

विधेयकमा बुधबार हुने मतदान र धेरै विरोध बिना नै यो अघि बढ्ने ठानिएको छ। गत मेमा यो नेटोको सदस्य बन्ने प्रस्ताव २ सय मध्ये १८८ सांसदले समर्थन गरेका थिए।

संसद्ले विधेयक स्वीकृत गरेपछि यसलाई औपचारिकता दिन राष्ट्रपतिको हस्ताक्षर चाहिने छ।

राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरेसँगै फिनल्याण्डले नेटोमा सामेल हुने प्रस्ताव वाशिंगटनलाई बुझाउने छ।

धेरै सांसदहरूले फिनल्याण्ड अप्रिल २ मा हुने चुनावमा जानु अघि नेटो सदस्यताको कानूनलाई द्रुत रूपमा अगाडि बढाउन खोजिरहेका छन्।

फिनल्यान्ड र स्वीडेन दुवैले गत वर्ष रुसले युक्रेनमा आक्रमण गरेपछि नेटोमा सामेल हुने प्रक्रिया थालेका थिए। यसका लागि पहिले नै सदस्य रहेका ३० सबै राष्ट्रबाट सहमति आवश्यक पर्छ।

फिनल्याण्डले सबै सदस्यहरूको समर्थन प्राप्त गरे पनि स्वीडेनको सदस्यताको प्रस्तावलाई लिएर टर्कीएले विरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ