arrow

स्न्यापच्याटको पनि च्याटजीपीटीमा आधारित च्याटबट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
snapchat-chatgpt.jpg

काठमाडौं। स्न्यापच्याटले ओपन एआईको च्याटजीपीटीको पछिल्लो संस्करणद्वारा संचालित च्याटबट ल्याउँदै छ। स्न्यापका सीईओ इभान स्पिगेलका अनुसार एआई च्याटबटहरू मानिसहरूको दैनिक जीवनको एक हिस्सा बन्ने निश्चित प्रायः भएको छ।

माई एआई नाम दिइएको स्न्यापच्याटको बटलाई साथीहरूसँगको कुराकानीको भन्दा माथि एपको च्याट ट्याबमा पनि गरिनेछ। 

सुरुमा ३.९९ डलर तिर्ने स्न्यापच्याट प्लस सब्स्क्राइबरहरुका लागि उपलब्ध यो च्याटबट पछि यसका ७५ करोड भन्दा बढी सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीका सीईओ इभान स्पिगेलले बताएका छन् ।

'बीग डिल यो हो कि हरेक दिन हाम्रा साथीहरू र परिवारसँग कुरा गर्नुको अलावा हामी हरेक दिन एआईसँग कुरा गर्न जाँदैछौं,' उनले भनेका छन्, 'र यसलाई हामी म्यासेजिङका रूपमा प्रयोग गर्नको लागि राम्रोसँग स्थितिमा छौं।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ