arrow

नेपाली सेना र जर्नेलहरुको डेटा विदेशमा देखिएको आरजूको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
arzu-deuba-rana-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेको जनाएकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डेटासमेत टर्किएमा देखा परेको जनाएकी हुन् । 

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै ईमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दाबी गर्दै भनिन्, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि र्इ–मेल अर्को देशबाट सहजै हेर्न सकिँदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भीर हुन जरुरी छ ।’

नेतृ राणाले सरकारको वेभसाइट पनि भर्खरै ह्याक भएको जनाउँदै साइबर सुरक्षाका लागि सरकारले गम्भीर भएर लाग्नु पर्नेमा जोड दिएकी छिन् ।

नेपाली सेनाको तथ्याङ्क टर्किएमा उपलब्ध हुनु गम्भीर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाइ छ । सरकारले यसलाई 
गम्भीर लिएन भने सरकारी गोप्य सूचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले पनि जोड गरिन् । 

नोट–पहिले भनिँदै आएको टर्कीको नाम परिवर्तन भएर टर्किए राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ