arrow

बिमा अभिकर्ताले एक सातामा इजाजतपत्र नवीकरण नगरे खारेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
nepal-beema-pradhikaran.jpg

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सूचनामा जनाइएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर .(प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ