arrow

आकस्मिक सेवा मात्र उपलब्ध गराउन निजी अस्पताललाई बोर्डको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
health-insurance-bord-neapl.jpg

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरू (अस्पताल) लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीका लागि मात्र बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने गम्भीर अवस्था देखिएमा मात्र बीमाअन्तर्गतका स्वास्थ्य सेवाहरू प्रदान गर्न निर्देशन दिइएको जानकारी दिए।

बोर्डले वित्तीय स्रोतको चरम अभावलाई मध्यनजर गर्दै यही जेठ १६ गतेबाट लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिकबाहेकका अन्य सबै प्रकारका स्वास्थ्य सेवाहरू स्थगित गरिसकेको छ। यही व्यवस्थालाई थप स्पष्ट पार्दै बोर्डले बिमा कोषमा थप भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवाको नाममा सेवा प्रदान नगर्न निजी अस्पतालहरूलाई सचेत गराएको छ।

त्यसैगरी, सेवाग्राहीहरूलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना गरेर आवश्यकता बाहेकको अवस्थामा पनि आकस्मिक सेवा उपलब्ध गराउन बाध्य नपार्न बोर्डले विशेष आग्रह गरेको छ। हाल स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई देशभरका ३६ वटा निजी अस्पतालहरूले बिमितहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ