arrow

भारत र अष्ट्रेलिया भिड्दै, जितले भारत फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
rohit-sharma-2023-03-01-morning-seeion.jpg

काठमाडौं । भारत र अष्ट्रेलिया बीचको तेस्रो टेष्ट क्रिकेट इन्दोरमा हुँदैछ । खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दैछ । यो खेल जित्दा भारत आईसीसी विश्वक टेष्ट च्याम्पियनशिपको फाइनलमा पुग्नेछ । 

अष्ट्रेलिया भने पहिले नै फाइनलमा पुगिसकेको छ । १७ खेलबाट ६६.६७ प्रतिशत अंकसहित अष्ट्रेलिया फाइनलमा पुग्दा भारतको ६४.०६ प्रतिशत अंक छ ।

भारत हार्दा र श्रीलंकाले आफ्ना बाँकी खेल जित्दा श्रीलंकाको अवसर हुने भएकाले पनि भारत सशंकित छ । तर भारतको फाइनल प्रवेश लगभग तय छ । 

पछिल्ला चार भिडन्तमा भारत विजयी भएको छ भने पछिल्ला चार भिडन्तमा अष्ट्रेलियाले दुई हार, एक जित र एक बराबरी गरेको छ । 

भारतमा भइरहेको बोर्डर–गावस्कर ट्रफीको तेस्रो खेल जित्दा भारतले चार खेलको श्रृंखला पनि एक खेलअघि नै जित्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ