- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले सांसदहरुका लागि अभिमुखीकरण भेला गर्ने भएको छ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी शुरु गरेको छ ।
आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य शुरु गरेका हुन् । कांग्रेसका सांसदहरुले सो प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक टुंगाएको छ ।
सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरुको अभिमुखीकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइने गरी तयारी शुरु गरेको सहमहामन्त्री बद्री पाण्डेले बैठकपछि भने ।
उनका अनुसार सबै ७ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।