arrow

लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्गस्थित डेरा गरी बस्ने पोखरा-९ का वर्ष २६ का आशिष थकाली र स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ६ स्थायी घर भइ हाल पोखरा-१३ चिसापानी मार्ग बस्ने वर्ष २७ का सुमन गुरुङ रहेका छन् ।

मंगलबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु १ थान र मोवाईल दुई थानसमेत फेला परेको कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ