arrow

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई रिहा गर्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
shovakanta-dhakal-lalitata-niwas-kanda.jpg

काठमाडौं । चर्चित बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । दुई वर्ष जेल सजाय भोगेपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । 

ललितानिवास मुद्दामा उनीमाथि २ वर्ष कैद सजाय माग गरिएकोमा २८ माघमै उनी पुर्पक्षका लागि जेल चलान भएको २ वर्ष पुगिसकेपछि थुनामुक्त गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्क्षीकरणको रिटमा यस्तो आदेश दिएको हो । 

यस मुद्दामा थुनामा रहेका उनी एक मात्र अभियुक्त थिए । सो मुद्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यातलाई पनि सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो । 

ढकाललाई  २७ माघ २०७७ मा ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ