arrow
ADVERTISEMENT

अपांगताका लागि उदाहरणीय बन्दै ललितपुर महानगर [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
disabled-lalitpur-2079.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर अपांगता भएकाहरुको सुविधाका लागि उदाहरणीय महानगरपालिका बन्ने दाबी गरेका छन् । 

१५ औं अन्तर्राष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा महानगरको प्राङ्गणमा बुधबार भएको कार्यक्रममा बोल्दै मेयर महर्जनले अपांगता भएकाहरुका लागि भौतिक संरचना निर्माणमा ललितपुर सबैभन्दा अगाडि रहेर काम गरिरहेको दाबी गरेका हुन् ।

उनले पहुँचयुक्त भौतिक संरचना निर्माण भइरहेको भन्दै अपांगता भएकाहरुले ह्वीलचेयरबाटै आकाशे पुल प्रयोग गरेर आफैं बाटो काट्न सक्ने जानकारी दिँदै उक्त पुल बनाउन संघीय सरकारबाट स्वीकृतिका लागि पत्रसमेत पठाइसकेकाे बताए । उनले यो देशकै लागि पनि उदाहरणीय हुने जिकिर गरेका छन् । 

कार्यक्रममा बोल्दै अपांगता हक अधिकार अभियन्ता भोजराज श्रेष्ठले महानगरपालिकालाई अपांगता भएकाहरुलाई घर बाहिर निस्कन सहयोग हुने गरी व्यक्तिगत सहयोगी उपलब्ध गराउन आग्रह गरेका छन् । 

उनले अपांगता भएकाहरुलाई आफूले चाहेको स्थानमा जानका लागि सहज गराउन महानगरलाई कम्तीमा तीन जना पुरुष र तीन जना महिला  व्यक्तिगत सहयोगी राख्न पनि आग्रह गरेका छन् । 

श्रेष्ठले आग्रह गरिरहँदा मेयर महर्जनले टाउको हल्लाएर स्वीकार गरेका थिए । 

यसअघि जावलाखेलदेखि शुरु भएको र्याली महानगरपालिकाको प्राङ्गणमा पुगेर कार्यक्रममा परिणत भएको थियो । र्यालीमा सहभागी अपांगता भएकाहरुले ह्वीलचेयरमा ‘पहुँचयुक्त भौतिक संरचना निर्माण गर’, ‘व्यक्तिगत सहयोगी सेवाको व्यवस्था गर’ लगायतका नाराहरु टाँसेका थिए ।  

disabled solidarity (1).jpg
disabled solidarity (2).jpg
disabled solidarity (3).jpg
disabled solidarity (4).jpg
disabled solidarity (5).jpg
disabled solidarity (6).jpg
disabled solidarity (7).jpg
disabled solidarity (8).jpg
disabled solidarity (9).jpg
disabled solidarity (10).jpg
disabled solidarity (11).jpg
disabled solidarity (12).jpg
disabled solidarity (13).jpg
disabled solidarity (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ