arrow

निरीह बन्दै भारत, अष्ट्रेलिया फराकिलो अन्तर बनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
india-australia-test-2023-03-02.jpg

काठमाडौं । भारतविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया हावी हुँदै गएको छ । इन्दोरमा भइरहेको टेष्टको पहिलो इनिङमा भारतलाई १०९ रनमै रोकेको अष्ट्रेलियाले आफ्नो इनिङ्समा फराकिलो रन बनाउँदै लगेको छ । 

भारतले दोस्रो दिन बिहीबार ४ विकेटको क्षतिमा १५६ रनबाट अगाडि खेलिरहेको छ । यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै मात्र ३३.२ ओभर क्रिजमा टिकेर १०९ रनमात्र जोड्यो । विराट कोहलीले सर्वाधिक २२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न म्याथ्यु कुनेमानले १६ रन खर्चेर ५ विकेट लिए । 

त्यस्तै नाथन लियोँले ३ तथा टोड मर्फीले १ विकेट लिए । 

चार खेलको टेष्ट श्रृंखलामा यसअघिका दुवै खेल जितेर भारत २–० ले अगाडि छ । आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा स्थान पक्का गर्न भारतलाई बाँकी रहेका दुईमध्ये एक खेल जित्न जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ