arrow

एघार रन जोड्न छ विकेट गुमायो अष्ट्रेलियाले, खेलमा फर्कियो भारत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
india-aus-2023-03-02.jpg

काठमाडौं । भारतविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया हावी भएको भए पनि दोस्रो दिनको खेलमा भारत खेलमा फर्किएसँगै अष्ट्रेलिया दबाबमा आएको छ । 

इन्दोरमा भइरहेको टेष्टको पहिलो इनिङमा भारतलाई १०९ रनमै रोकेको अष्ट्रेलियाले आफ्नो इनिङ्समा फराकिलो रन बनाउँदै लगेको थियो ।  

भारतले दोस्रो दिन बिहीबार ४ विकेटको क्षतिमा १५६ रनबाट अगाडि खेलिरहेको अवस्थामा लगातार विकेट गुमाएपछि भने भारतको आशा जीवित रहेको छ । 

अष्ट्रेलियाले मात्र १९७ रन बनाउन सक्यो । आज पछिल्लो ४१ रन जोड्ने क्रममा ६ विकेट गुमायो । अचम्म त के भने अन्तिम ११ रन जोड्ने क्रममा ६ विकेट गुमायो । 

उस्मान खवाजाले ६० रन बनाए । रविन्द्र जडेजाले ४ तथा रविचन्दन आश्विन र उमेश यादवले ३–३ विकेट लिए । 

८८ रनले पछि परेको भारतले आफ्नो दोस्रो इनिङ्स शुरु गरिसकेको छ । खाना समयसम्म भारतले कुनै विकेट नगुमाइ १३ रन जोडेको छ ।

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै मात्र ३३.२ ओभर क्रिजमा टिकेर १०९ रनमात्र जोड्यो । 

विराट कोहलीले सर्वाधिक २२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न म्याथ्यु कुनेमानले १६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै नाथन लियोँले ३ तथा टोड मर्फीले १ विकेट लिए । 

चार खेलको टेष्ट श्रृंखलामा यसअघिका दुवै खेल जितेर भारत २–० ले अगाडि छ । आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा स्थान पक्का गर्न भारतलाई बाँकी रहेका दुईमध्ये एक खेल जित्न जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ