arrow

नगरकोट सडक अनुगमनमा नारायणकाजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
narayankaji-2079-11-18-nagarkot.jpg
तस्बिर – फाइल ।

भक्तपुर । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार भक्तपुरको सडकको अनुगमन गरेका छन् । भक्तपुरको सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका हुन् । 

अनुगममको क्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावको पनि सहभागिता थियो । सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो ।

सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भए पनि नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ सडक अनुगमनमा आइपुगेका हुन् । 

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ