arrow

रोकिएन नेप्सेको पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक २६।४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ । यसैगरी २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता शेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 

त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको हो । बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको शेयर ४ प्रतिशतले बढेको छ । 

आज सबै उपसमूहहरुको शेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले शेयर करोबार घटेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ