arrow

बाइस जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
crime-final-everytime-use.jpg

इलाम । देउमाई नगरपालिका ४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।    

 झापाको अर्जुनधारा नगरपालिका ६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासमेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ