arrow

होली

logo
जानुका गुरागाईँ,
प्रकाशित २०७९ फागुन २२ सोमबार
januka-guragai.jpg

झापा । पखालेर  मैलो  सफा  चित्त  पारी
सबैले   गरौँ  खेल्न  होली  तयारी ।
भुलौँ   वैरता  रङ्गमा  लौ   रमाऔँ               
छ संस्कार जे त्यो सबैले  समाऔँ ।१।

बनाएर   लोला   लुकी  हान्नुभन्दा
धुलो   रङ्ग  खेल्दै गरौँ  चित्त  चङ्गा  ।
भलो   पर्व  होली  मजाले मनाऔँ
छ  संस्कार जे त्यो सबैले  समाऔँ ।२।

बजाएर   बाजा   मिलाएर   लोली
युवा, वृद्ध, सारा झुमौँ चित्त खोली ।
गरी   प्रेम   वर्षा   सबै  नै   रमाऔँ
छ  संस्कार जे त्यो सबैले  समाऔँ ।३।

सुरापान  गर्दा  कहाँ  शान्ति मिल्छ
खुसी  जिन्दगीको सबै  नै सकिन्छ ।
त्यसैले   सुधापानमा  चित्त  लाऔँ
छ  संस्कार जे त्यो सबैले  समाऔँ ।४।

हटाई    तुवाँलो   सफा   चट्ट   पारी
नयाँ   रङ्गले   नै  धरा  यो    सिँगारी
भलो   पर्व  होली   मनैमा  सजाऔँ
छ  संस्कार  जे त्यो  सबैले  समाऔँ ।५।

छन्द: भुजङ्गप्रयात
परिश्रमी पाठशाला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ